logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाद्वारा शपथ ग्रहण

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाद्वारा शपथ ग्रहण

    1.1K
    Shares
    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाद्वारा शपथ ग्रहण

    काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । बुधवार समितिको सभापतिमा निर्बिरोध निर्वाचित भएसँगै उनले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन ।

    बुधवार अपरान्ह संसद भवनस्थित ल्होत्से हलमा सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनियताको शपथग्रहण गराएका थिए । शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समितिमा आउने महत्वपूर्ण कामलाई प्राथमिकताका साथ अघि बढाउने बताए। उनले देश निर्माणमा शिक्षा महत्वपूर्ण हुने भन्दै शिक्षालाई सुधार गर्दै अघि बढ्ने बताए ।

    उनले अब शिक्षा क्षेत्रलाई अघि बढाउने उद्देश्य र योजनाअनुरुप अघि बढ्ने बताए । उनले शिक्षा र स्वास्थ्यका लागि नागरिकलाई सहज हुनेगरी काम गर्ने प्रतिवद्धता जनाए । शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गरेरै छोड्ने बताए । उनले शिक्षकलाई कर्मचारी सरहको सेवा सुविधा दिनेगरी काम गर्ने बताए । उनले राजनीतिबाट शिक्षालाई टाढा राख्ने उद्देश्य राखेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend