logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • खन्ती प्रहार गरी युवाको हत्या

    खन्ती प्रहार गरी युवाको हत्या

    2.2K
    Shares
    खन्ती प्रहार गरी युवाको हत्या

    झापा। झापामा एक जना पुरूषको हत्या भएको छ। बिहीबार बिहान करिब ५ बजे भद्रपुर नगरपालिका वडा नम्बर २ का ३५ वर्षीय सनम भन्ने गंगा राईको हत्या भएको हो।

    खन्ती प्रहारबाट सनमको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक ढुण्डी गिरीले जानकारी दिए।उनीहरूबीच पुरानो रिसिइबी रहेको प्रहरीले जनाएको छ। यद्यपि यकिन कारण अनुसन्धानपछि खुल्ने प्रहरी निरीक्षक गिरीले बताए। घटनाबारे वडाध्यक्षले इलाका प्रहरी कार्यालय पृथ्वीनगरमा जानकारी गराएका थिए।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डी गिरीका अनुसार सनम गए राति स्थानीय वीरबहादुर राईको घरमा सुतेका थिए।
    सुतिरहेको बेलामा वीरबहादुरका छोरा ३० वर्षीय कमानसिंह राईले सनममाथि खन्ती प्रहार गरेका थिए।

    त्यसपछि खटिएको प्रहरीको टोलीले कमानसिंहलाई पक्राउ गरेको हो। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend