logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बैतडीमा कोदालो प्रहारबाट श्रीमतीको हत्या, दुई घाइते

    बैतडीमा कोदालो प्रहारबाट श्रीमतीको हत्या, दुई घाइते

    2.6K
    Shares
    बैतडीमा कोदालो प्रहारबाट श्रीमतीको हत्या, दुई घाइते

    बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका–७ धामीगाउँमा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान स्थानीय ६२ वर्षीया कृष्ण धामीले गरेको कोदालो प्रहारका कारण तीन जनालाई गम्भीर घाइते भएका थिए ।

    स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लैजाँदा उनकी श्रीमती ५६ वर्षीया पार्वती धामीको मृत्यु भएको स्थानीयले बताएका छन् । स्थानीय रामसिह धामीका अनुसार कृष्णको कोदालो प्रहारबाट गाउँपालिकाको उद्यम शाखामा कार्यरत दशरथचन्द नगरपालिका–९ का २९ सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट गम्भीर घाइते भएका छन् ।

    घाइते दुवै जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि जिल्लाबाहिर लगिएको स्थानीयको भनाइ छ । गम्भीर देवराजको अवस्था चिन्ताजनक छ ।

    प्रहरीका अनुसार कोदालो प्रहार गर्ने धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको कारण खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend