logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बिदेशी नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याएर बन्धक बनाएको आरोपमा , ४ जना पक्राउ

    बिदेशी नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याएर बन्धक बनाएको आरोपमा , ४ जना पक्राउ

    1.2K
    Shares
    बिदेशी नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याएर बन्धक बनाएको आरोपमा , ४ जना पक्राउ

    काठमाडौं। बंगलादेशी नागरिकलाई युरोपका विभिन्न देशहरु पठाउने भन्दै नेपाल ल्याएर  बन्धक बनाएको आरोपमा चार जना नागरिकहरु पक्राउ परेका छन् ।

    यो समूहले बंगलादेशी नागरिकहरुलाई रोजगारीका लागि युरोपका विभिन्न देशहरुमा पठाउने भन्दै नेपालमा ल्याएर बन्धक बनाएको पाइएपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले बताए ।

    पक्राउ पर्नेहरुमा ३८ वर्षीय नुरुल हुडा, ३० वर्षीय एमडी मासुम बिल्लाह, ३१ वर्षीय शामिम अहमद र ३३ वर्षीय प्रणय कुमार दे छन् ।उनीहरु सबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

    बंगलादेशबाट नेपाल ल्याई पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटलमा बन्धक बनाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले चार जनालाई उद्धार गर्नुका साथै चार जनालाई पक्राउ गरेको हो । उनीहरुलाई ५ चैतमा बंगलादेशबाट काठमाडौं ल्याएर बन्धक बनाइएको थियो ।

    होटलमा बन्धक बनाएर पासपोर्ट नियन्त्रणमा लिने, कुटपिट गर्ने र रकम असुल्न गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय परिसर पठाइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend