logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जथाभावी रङग दल्ने र होहल्ला गर्ने पक्राउ परेका २७७ मा १०५ जना छुटे

    जथाभावी रङग दल्ने र होहल्ला गर्ने पक्राउ परेका २७७ मा १०५ जना छुटे

    1.5K
    Shares
    जथाभावी रङग दल्ने र होहल्ला गर्ने पक्राउ परेका २७७ मा १०५ जना छुटे

    काठमाडौँ । प्रहरीले फागु पूर्णिमा अर्थात होली पर्व मनाउने क्रममा आज जथाभावी रङग दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ गरेका २७७ मध्ये १०५ जनालाई अहिले छाडेको छ ।

    छाडिएकाहरुमा पुरुष एक सय २ जना तथा महिला ३ जना गरी एक सय ५ जना रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए ।

    उनले भने, “आज फागु पूर्णिमाका दिन कानुन विपरित काम गर्ने दुई सय ७७ जनालाई हामीले नियन्त्रणमा लिएका थियौँ, पक्राउ परेकाहरुको अवस्था हेरेर १०५ जनालाई आजै उनीहरुको परिवारको जिम्मा लगाइएको र केहीको हकमा छानविन भइरहेको छ ।”

    यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज सवारी तर्फ २ पाङ्ग्रे ३०० वटा र ४ पाङ्ग्रे ७ वटा गरी जम्मा ३०७ वटा होल्ड गरेकोमा ट्राफिक प्रहरीको जिम्मा लगाई छाड्ने क्रम जारी रहेको  प्रहरीले जनाएको छ । लापसे, मापसे गरी सवारी साधन चलाउने तथा सवारी साधनका कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाउनेहरुका सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    फागु पूर्णिमा अर्थात होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो । ट्राफिक चेकिङदेखि सादा पोशाक सहित गरी कुल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend