एजेन्सी । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्सलाई ६ रनले हराउँदै विजयी सुरुआत गरेको छ ।
गुजरात छाडेर मुम्बइको कप्तानको रुपमा फर्किएका हार्दिक पान्ड्याले पहिलो खेल हारबाट सुरुआत गरेका छन् । मुम्बइले रोहित शर्मालाई कप्तानबाट हटाउँदै हार्दिकलाई नेतृत्व दिएको थियो ।
जितको लागि १६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनायो । मुम्बइका डेवाल्ड ब्रेभिसले ३८ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।
त्यस्तै रोहित शर्माले २९ बलमा ७ चौका र १ छक्कासहित ४३, इशान किशन शून्य, तिलक बर्मा २५, टिम डेविड र हार्दिक पान्ड्या ११÷११ रनमा आउट भए । गुजरातका आजमतुल्लाह ओमरजाई, उमेश यादव, स्पेन्सर जोनसन र मोहित शर्माले २÷२ विकेट लिए ।