logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • आयरल्याण्ड ‘ए’विरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

    आयरल्याण्ड ‘ए’विरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

    1.2K
    Shares
    आयरल्याण्ड ‘ए’विरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

    काठमाडौँ । घरेलु टोली नेपालले ट्वान्टी २० शृङ्खलाअन्तर्गत आयरल्याण्ड ‘ए’विरुद्धको आज हुने खेलमा ‘टस’ जितेर पहिले ‘ब्याटिङ’ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ रोजेका हुन् ।

    आजको खेल जितेमा नेपालले शृङ्खलामाथि कब्जा गर्नेछ । हिजो भएको यस शृङ्खलाको पहिलो खेलमा नेपालले आयरल्याण्ड ए लाइ छ विकेटले पराजित गरेको थियो ।

    आजको खेलमा नेपाली टोलीमा दुई खेलाडीलाई परिवर्तन भएका छन् । विवेक यादव र अनिल शाह टोलीमा समावेश हुँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेञ्चमा छन् ।

    नेपालको प्लेइङ एघारमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अभिनाश बोहरा, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, करण केसी र सोमपाल कामी छन् । बेञ्चमा आकाश चन्द, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र प्रतिश जिसी छन् ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend