logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

    नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

    1.5K
    Shares
    नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

    काठमाडौँ । घरेलु टोली नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ लाई १९९ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनायो ।
    नेपालका बायाँ हाते ब्याटर गुलशन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

    चौथो विकेटका लागि गुलशन र रोहित पौडेलले ७१ रनको साझेदारी गरेका थिए । कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रनको आक्रामक इनिङ खेले । नेपालले ओपनर आसिफ शेखलाई ११ रनमा गुमाएको थियो ।

    अर्का ओपनर कुशल भुर्तेल १६ बलमा समान २ चौका र छक्कासहित २५ तथा तेस्रो नम्बरका ब्याटर अनिल शाह १२ रनमा क्याच आउट भए । सन्दीप जोराले १० बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए ।

    कप्तान रोहित पौडेलले २४ बला ५ चौकासहित ३३ रनमा आउट हुँदा विवेक यादव ७ नट आउट रहे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend