logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • विश्वकपको यात्रा गर्नु खुशीको क्षण’ : प्रशिक्षक मोन्टी देसाई

    विश्वकपको यात्रा गर्नु खुशीको क्षण’ : प्रशिक्षक मोन्टी देसाई

    1.2K
    Shares
    विश्वकपको यात्रा गर्नु खुशीको क्षण’ : प्रशिक्षक मोन्टी देसाई

    काठमाडौँ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुशीको क्षण रहेको उल्लेख गर्दै सबै जना नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताएकाछन् ।

    आइसिसी ट्वान्टी–२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग ट्वान्टी–२० प्रतियोगिता खेल्ने जाने नेपाली क्रिकेट टोलीको बिदाई कार्यक्रममा प्रशिक्षक देसाईले सो धारणा राखेका हुन। नेपालले विश्वकप अगाडि संयुक्त अरब इमिरेट्स (युएई) मा एसिसी प्रिमियर लिग तथा भारतका बरोडा र गुजराजतको टोलीसँग एसएमएस फ्रेण्डसिप कप खेल्दैछ ।

    सोही प्रतियोगिता अगाडिको बिदाई कार्यक्रममा देसाईले एसिसी प्रिमियर कप अगाडि भारतमा हुने प्रतियोगिता नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गए । यो प्रतियोगिताका लागि क्यानले पनि धेरै मेहनत गरेको प्रशिक्षकको भनाइ छ । डिफेन्डिङ च्याम्पियनका रूपमा एसिसी प्रिमियर लिगको यस संस्करणमा सहभागी हुने भएकाले आफ्नो टोली उत्साहित रहेको बताए । डिफेन्डिङ च्याम्पियनको लक्ष्य पनि तय भइसकेको उनले बताएकाछन्। मोन्टीले पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आगामी वर्ष पनि राम्रो रहने विश्वास व्यक्त गरे ।

    नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडलले सरकारले घोषणा गरेको पुरस्कार रकममध्ये ५०\६० प्रतिशत मात्र पाएको उल्लेख गर्दै ट्वान्टी–२० विश्वकप अगाडि नै ती पुरस्कार पाउनेमा आफू विश्वस्त रहेको बताए । एसिसी प्रिमियर कप महत्वपूर्ण रहेको बताउँदै रोहितले राम्रो नतिजासहित देश फर्कने विश्वास व्यक्त गरे ।

    युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पाउनुपर्ने कुरा समयमा नपाउँदा मन नै मर्नसक्ने उल्लेख गर्दै उत्कृष्ट मनोबलका साथ खेल्न शुभकामना दिए । साथै उनले खेलकुदलाई नयाँ ढंगबाट अगाडि बढाउन आफू लागिपरिरहेको धारणा राखे । क्यानका सचिव पारस खड्काले ट्वान्टी–२० विश्वकप तयारीका क्रममा रहेकाले गुजरातमा हुने प्रतियोगिता महत्वपूर्ण हुने बताए ।

    क्यानले बिहीवार खेलाडीको बिदाई गरेको हो । बिदाई कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, क्यान सचिव पारस खड्का, महाप्रवन्धक उत्सव ढुङ्गाना लगातयको उपस्थिति थियो । फ्रेण्डसिप कप उक्त आगामी मार्च ३१ देखि अप्रिल ७ सम्म हुनेछ । नेपालले मार्च ३१ र अप्रिल ३ मा गुजरात तथा अप्रिल २ र ५ मा बरोडासँग खेल्नेछ । लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।

    यो प्रतियोगिताअघि नेपालले घरेलु मैदानमा आयरल्याण्ड ‘ए’ बिरुद्ध दुई खेलको श्रृंखलामा ‘क्लिन स्विप’ गरेको थियो । ट्वान्टी २० विश्वकप जुन १ देखि अमेरिका र वेस्टइण्डिजमा शुरु हुँदैछ । समूह ‘डी’ मा नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend