logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • सुनको मूल्यमा बन्यो नयाँ कीर्तिमान,कतीमा हुदैँछ कारोबार?

    सुनको मूल्यमा बन्यो नयाँ कीर्तिमान,कतीमा हुदैँछ कारोबार?

    3.6K
    Shares
    सुनको मूल्यमा बन्यो नयाँ कीर्तिमान,कतीमा हुदैँछ कारोबार?

    काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा प्रतितोला ३ हजार ५०० रुपैयाँले सुनको मूल्य बढेको महासंघले जनाएको हो ।

    यो साता लगातार यसअघिको कीर्तिमानी मूल्यको ‘रेकर्ड ब्रेक’ गर्दै नयाँ कीर्तिमान कायम गरेको हो । यो साताको बिहीबार नै सुनको मूल्य १ लाख २७ हजार ९०० रुपैयाँ कायम हुँदै यसअघिको कीर्तिमान तोडेको थियो । जुन कीर्तिमान पुनः शुक्रबार तोडिँदै सुनको मूल्य प्रतितोला १ लाख ३० हजार पुगेको हो ।

    गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ थियो । यस्तै, गत शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँ थियो । जसमा यो साताको शुक्रबारसम्मको अवधिमा प्रतितोला ३५ सय रुपैयाँको वृद्धि आएको हो ।

    यससँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँ कायम छ । यो नेपाली सुनचाँदी बजारमा अहिलेसम्मकै कीर्तिमानी मूल्य हो । यसअघि सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ पुगेको थिएन ।

    यो साता चाँदीको मूल्य समेत प्रतितोला २५ रुपैयाँले बढेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend