logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • भारतमा चलिरहेको टी–२० क्रिकेट शृंखलामा आज नेपाल र बरोडा खेल्दै

    भारतमा चलिरहेको टी–२० क्रिकेट शृंखलामा आज नेपाल र बरोडा खेल्दै

    1.3K
    Shares
    भारतमा चलिरहेको टी–२० क्रिकेट शृंखलामा आज नेपाल र बरोडा खेल्दै

    काठमाडौँ । भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र बरोडाबीच खेल हुँदैछ ।

    खेल गुजरातमा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । यसअघि नेपाल लगातार तेस्रो जित हात पार्दै एक खेलअघि नै फाइनलमा पुगिसकेको छ । अस्ति बुधवार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हराएको थियो ।

    त्यसअघिका खेलमा नेपालले बरोडालाई २७ रनले र गुजरातलाई ८ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल पर्सि आइतवार हुने छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend