logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • आयरल्यान्डले दियो नेपाल ‘ए’ लाई १७५ रनको लक्ष्य

    आयरल्यान्डले दियो नेपाल ‘ए’ लाई १७५ रनको लक्ष्य

    910
    Shares
    आयरल्यान्डले दियो नेपाल ‘ए’ लाई १७५ रनको लक्ष्य

    काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेट खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’लाई एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ‘ए’ले ३८ दशमलव चार ओभरमा अलआउट हुँदै एक सय ७४ रन मात्रै बनाउन सक्यो ।

    उसका लागि गानिभ होयले अर्धशतकीय पारी खेले । उनले ५९ बल खेल्ने क्रममा दुई छक्का र पाँच चौको सहयोगमा ५० रन बनाए । कप्तान निल रकले ३८ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए ।

    साथै पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।

    नेपाल ‘ए’का लागि रिजन ढकाल र सहाब आलमले तीन\तीन विकेट लिए भने मौसम ढकालले दुई र कमल ऐरीले एक विकेट लिए ।

    प्रतियोगिताको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१ रनले पराजित भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend