logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • आयरल्याण्ड ‘ए’ ले टस जित्यो, पहिले ब्याटिङ गर्ने

    आयरल्याण्ड ‘ए’ ले टस जित्यो, पहिले ब्याटिङ गर्ने

    1.2K
    Shares
    आयरल्याण्ड ‘ए’ ले टस जित्यो, पहिले ब्याटिङ गर्ने

    काठमाडौँ । ।आयरल्यान्ड ‘ए’विरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ ले पहिला बलिङ गर्ने भएको छ ।

    त्रिवि मैदान कीर्तिपुरमा टस जितेर आयरल्याण्ड ‘ए’ पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाली टिमले बलिङ गर्न लागेको हो।

    नेपालले अघिल्लो दुई खेलमा पराजित हुँदै सिरिज गुमाइसकेको छ। तर क्लिन स्विप हुनबाट जोगिन आजको खेल जित्नैपर्ने दबाब छ।

    नेपाल सिरिजको पहिलो खेलमा २१ रनले पराजित हुँदा दोस्रो खेलमा ११४ रनको लज्जास्पद हार ब्यहोरेको थियो।

    दोस्रो खेलमा नेपाल ६० रनमै अलआउट भएको थियो। क्लिन स्विप हुनबाट जोगिन आजको खेलमा नेपालले जित्नुपर्ने दबाबमा नेपाल छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend