logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • दक्षिण कोरियाद्वारा दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण

    दक्षिण कोरियाद्वारा दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण

    679
    Shares
    दक्षिण कोरियाद्वारा दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण

    सिन्ह्वा । दक्षिण कोरियाले दोस्रो सैन्य जासूस उपग्रह ‘स्पेसएक्स फाल्कन–९’ रकेट प्रक्षेपण गरेको कोरियाली रक्षा मन्त्रालयले सोमबार जानकारी गराएको छ ।

    स्वदेशी सैन्य जासूसी उपग्रहसहित ११ उपग्रह बोकेको ‘फाल्कन–९’ रकेट संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट सोमबार बिहान ८ः१६ मा उडेको थियो ।

    प्रक्षेपण भएको ४५ मिनेटपछि उपग्रहलाई कक्षमा राखिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ ।

    दक्षिण कोरियाले सन् २०२५ सम्ममा पाँचवटा सैन्य जासूस उपग्रह प्रक्षेपण गर्ने योजना बनाएको र दोस्रो ‘सिन्थेटिक एपर्चर रडार’ सेन्सरसहित हुने बताएको छ ।

    असअघि, ‘इलेक्ट्रो–अप्टिकल’ र ‘इन्फ्रारेड सेन्सरहरू’ जडान गरिएको पहिलो उपग्रह गत वर्ष डिसेम्बरमा प्रक्षेपण गरिएको थियो ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend