logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • एसिसि प्रिमियर कपः नेपाल र मलेसिया भिड्दै

    एसिसि प्रिमियर कपः नेपाल र मलेसिया भिड्दै

    4.8K
    Shares
    एसिसि प्रिमियर कपः नेपाल र मलेसिया भिड्दै

    काठमाडौँ । एसिसि प्रिमियर कपअन्तर्गत आज नेपाल र मलेसियाबीच प्रतिष्पर्धा हुँदैछ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्ने भएको हो ।

    नेपाल र मलेसियाबीचको खेल आज दिउँसो ४:१५ बजे बाट ओमानको अल अमरेत क्रिकेट मैदानमा शुरु हुनेछ ।

    नेपाली टिममा कप्तान पौडेलसहित कुशल भुर्तेल, सन्दिप जोरा, गुलशन झा, करण केसी, प्रतिस जिसी, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, अनिल साह र आशिफ शेख रहेका छन्।

    समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह ‘बि’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत छन् ।

    नेपालले आफ्नो दोस्रो खेलामा कतारसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र कतारबीचको खेल १३ अप्रिलमा ४ः१५ बजे नै सुरु हुनेछ। त्यस्तै अर्को खेलमा नेपालले हङकङसँग १५ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ। यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ। १७ अप्रिलमा नेपालले साउदी अरबसँग खेल्ने छ। यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ।

    प्रतियोगिता विजेताले टि–२० विश्वकपपछि हुने टि–२० एशिया कप खेल्न पाउने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend