काठमाडौँ । टेक्सासदेखि फ्लोरिडासम्म फैलिएको अमेरिकाको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण एक जनाको मृत्यु भएको छ । १० जनाभन्दा बढी घाइते भएका छन् ।
यी क्षेत्रभर सय भन्दा बढी घर र भवनहरू क्षतिग्रस्त भएका छन् । हजारौं मानिसहरू विद्युतको पहुँचबाट टाढिएका छन् ।
मध्य मिसिसिपीको स्कट काउन्टीमा अहिलेसम्म एक जनाको मात्र मृत्यु भएको बताइएको छ । हालसम्म, तीन आँधीको पुष्टि भएको छ ।
जसमा दुई लुइसियाना र एक टेक्सासमा आएको थियो । स्लिडेलमा हालसम्म ५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।