logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • २ अर्ब ऋण भएको मणिपाल कलेजले ६ महिनामा गर्‍यो साढे ७४ करोड कारोबार

    २ अर्ब ऋण भएको मणिपाल कलेजले ६ महिनामा गर्‍यो साढे ७४ करोड कारोबार

    910
    Shares
    २ अर्ब ऋण भएको मणिपाल कलेजले ६ महिनामा गर्‍यो साढे ७४ करोड कारोबार

    काठमाडौं । बतास ग्रुपले सञ्चालन गरिरहेको पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजले ६ महिनामा साढे ७४ करोड रुपैयाँ कारोबार गरेको छ । मणिपाल कलेजले सन् २०२३ मा १ अर्ब २८ करोड ८० लाख रुपैयाँ व्यापार गरेको थियो । २०२२ मा १ अर्ब ९ करोड, २०२१ मा १ अर्ब ७ करोड, २०२० मा १ अर्ब १० करोड र २०१९ मा १ अर्ब २२ करोड ८० लाख रुपैयाँ बिजनेस गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

    ६ महिनाको अवधिमा मणिपालको अपरेटिङ प्रोफिट मार्जिन ३६ प्रतिशत सुधार गरेको छ । यसअघि तीन वर्षको अवधिमा अपरेटिङ प्रोफिट मार्जिन २९ प्रतिशत हारहारीमा मात्र थियो । मणिपालले २ अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको छ । उसले रेटिङ एजेन्सीबाट ए फोर रेटिङ पाएको छ ।

    कम्पनीले ५ सय शैयाको अस्पताल सञ्चालन गर्दै आएको छ । मेडिकल कलेज १० हेक्टरमा क्षेत्रफलमा फैलिएको छ । व्यवस्थापनले नियमित स्तरोन्नतिमा दिएकाले नयाँ सुविधाहरूको थपिएको छ । जसले बिरामीको उपचार प्रवाहमा वृद्धि गर्न मद्दत गरिरहेको छ ।

    भारतीय लगानीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल स्थानीय नेपाली व्यवसायीले ३ अर्ब २५ करोड रुपैयाँमा २०७८ भदौमा किनेका हुन् । व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज ग्रुपले मणिपाल कलेज खरिद गरेका हुन् ।

    मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप नेपाल प्राइभेट लिमिटेडको मणिपाल समूहले सन् १९९४ मा स्थापना गरेको थियो । सन् २०२१ को अगस्टमा बापो होल्डिङस प्राइभेट लिमिटेड नामको एसपिभीमार्फत सेयर नेपाली प्रवद्र्धकहरूलाई बाँडेको थियो ।

    बापोले एनपीआरको लागतमा मणिपालको सेयर खरिद गर्न १ अर्ब ८० करोड रुपैयाँ ऋण उठाएको थियो । सन् २०२३ फेब्रुअरीमा बापो मणिपालसँग गाभियो । कलेज खरिद गर्दा लिएको ऋण त्यसपछि मणिपालमा जोडियो ।

    अस्पतालमा बतासको ६० प्रतिशत र पौडेलको ४० प्रतिशत लगानी छ । अस्पतालको अध्यक्षमा बतास र उपाध्यक्ष पौडेल छन् । बतास समूहका प्रबन्ध निर्देशक शान्तराज बतास तथा निर्देशक विपेन्द्रराज बतास बोर्ड सदस्य रहेका छन् । मेडिकल कलेजमा एमबिबिएस तथा बिएस्सी नर्सिङ कोर्ष सञ्चालन गरिरहेको छ । पछि साधारणलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने तयारी कलेजको छ ।

    निजी तथा बाह्य लगानीको पहिलो मेडिकल कलेजका रूपमा सन १९९४ देखि मणिपाल सञ्चालनमा आएको थियो । त्यसको दुई वर्षअघि १८ अक्टोबर १९९२ मा भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप र सरकारबीच ४९ वर्षसम्म मेडिकल कलेज सञ्चालन गर्ने र त्यसपछि सरकारलाई हस्तान्तरण गर्ने गरी सम्झौता भएको हो ।

    मेडिकल कलेजको मुख्य संरचना रहेको ४० रोपनी जग्गा मणिपालकै नाममा छ भने बाँकी १ सय ६० रोपनी नेपाल सरकारसँग भाडामा लिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend