logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • अज्ञात व्यक्तिद्धारा एनआइसी एशिया बैंकमा तोडफोड

    अज्ञात व्यक्तिद्धारा एनआइसी एशिया बैंकमा तोडफोड

    2.2K
    Shares
    अज्ञात व्यक्तिद्धारा एनआइसी एशिया बैंकमा तोडफोड

    मुगु । जिल्लाको सदरमुखकामस्थित गमगढी बजारमा रहेको एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । बैकको सिसि क्यामारामा देखिएको फुटेजका आधारमा गए राती बैकको मुल ढोका फोडेर ९ २१ बजे एक जना व्यक्ति बैंकभित्र गएको देखिएको र उक्त व्यक्तिले बैकभित्र प्रवेश गरेर सुरक्षागाडले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ ।

    बैकमा १ जना मात्र सुरक्षाकर्मी भएको र उस्को डिउटी राती ८ बजेसम्म मात्र भएकोले त्यही मौका छोपी अज्ञातले बैकको मुल ढोका फोडेको देखिएको प्रहरिले बताएको छ। प्रहरीले दिएको जानकारीअनुसार बैकको ढोका फोरेर सुरक्षागार्डले प्रयोग गरेको जुत्ता र खुकुरी लिने व्यक्ति बजार घुमिरहने मानसिक अबस्था ठिक नभएको जस्तो देखिने एक युवा भएको र उस्को खोजी भैरहेको र ढोका फोर्ने र जुत्ता खुकुरी चोर्ने बाहेक अन्य कुनै क्षेती नदेखिएको पनि प्रहरीले बताएको छ ।

    यस सम्वन्धमा बैकका शाखा प्रमुख विश्वराज बुढासँग बुझ्दा उनले बैकका कर्णाली प्रदेश सुचना अधिकारी अनिल आचार्यसँग बुझ्न भने पनि आचार्यसङ्ग बुझ्न फोन गर्दा उहाँको फोन उठेन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend