logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • समस्याग्रस्त कान्तिपुर, लालिगुराँश सहकारीले बुझाएनन् कर, तिर्न विभागको ‘अल्टिमेटम’

    समस्याग्रस्त कान्तिपुर, लालिगुराँश सहकारीले बुझाएनन् कर, तिर्न विभागको ‘अल्टिमेटम’

    1.4K
    Shares
    समस्याग्रस्त कान्तिपुर, लालिगुराँश सहकारीले बुझाएनन् कर, तिर्न विभागको ‘अल्टिमेटम’

    काठमाडौं । समस्याग्रस्त सहकारीले सरकारलाई कर नबुझाएको पाइएको छ । समस्याग्रस्त सहकारीका साथै सिमेन्ट र चिनी उद्योगहरुले सरकारलाई आयकर र मूल्य अभिवृद्धिकर (भ्याट) बुझाउन बाँकी रहेको छ ।

    आन्तरिक राजस्व विभागअन्र्तगतको मध्यमस्तरिय करदाता कार्यालयले आयकर र भ्याट नबुझाउने १५ कम्पनीको नाम सार्वजनिक गरेको छ । सरकारलाई कर नबुझाउनेमा कान्तिपुर सेभिङ् एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, लालिगुराँश बहुउद्धेश्यि सहकारी संस्था लिमिटेड, शिखरद्धिप बहुउद्धेश्यि सहकारी संस्था लिमिटेड र क्यापिटल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेले कर बुझाउन बाँकी रहेको कार्यालयले जनाएको छ ।

    कान्तिपुर, लालिगुराँश र शिखरद्धिप सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ । यि सहकारीको जिम्मेबारी सहकारी व्यवस्थापन समितिले लिएको छ । यि सहकारीका सञ्चालकले जनताको अर्बौं रुपैयाँ निक्षेप अपचलन गरेको पाइएको छ ।

    यसैगरी कर नबुझाउनेमा रोल्पा सिमेन्ट, अरनिको सिमेन्ट इन्डष्ट्रिज प्रालि, श्रीराम सुगर मिल्स लिमिटेड, डिभाइन स्ट्रिम नेटवर्क, आयोकी फेब्रिकोन नेपाल, मोतिदान कन्स्ट्रक्सन सेवा र भूभि इन्फ्रास्ट्रक्चर र त्रिपुरेश्वर कन्डक्टर उद्योग रहेको कार्यालययले जनाएको छ । श्रीराम सुगर मिल्स लामो समयदेखि बन्द छ ।

    फोन, इमेल, एसएमएस र पत्राचार गर्दा पनि कर बुझाउन अटेर गरेको निष्कर्ष कार्यालयको छ । कार्यालयले १५ दिनभित्र कर बुझाउन अल्टिमेटम दिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend