logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • २ तेस्रो लिङ्गीसहित इलाम–२ मा ५ सय ४७ मतदाता थपिए

    २ तेस्रो लिङ्गीसहित इलाम–२ मा ५ सय ४७ मतदाता थपिए

    416
    Shares
    २ तेस्रो लिङ्गीसहित इलाम–२ मा ५ सय ४७ मतदाता थपिए

    इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या १ लाख १५ हजार ८ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार ८ सय ६९ र २ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

    अघिल्लो निर्वाचनमा कायम मतदाता सङ्ख्याभन्दा यो पाँच सय ४७ ले बढी हो । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा १ लाख १५ हजार ३ सय ४२ मतदाता थिए ।

    इलाम–२ मा छवटा पालिकाका ४२ वटा वडा छन् । सो क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र देउमाई नगरपालिका पूरै तथा इलाम नगरपालिका ९१० वडाबाहेक० र माई नगरपालिकाका–६, ७ र ८ वडा छन् ।

    चुलाचुलीमा १८ हजार ५ सय ४५, माङसेबुङमा १२ हजार ५ सय ३६, फाकफोकथुममा १६ हजार ३ सय २, देउमाईमा २६ हजार ३ सय ६५, इलाममा ९१० वडा बाहेक० ३४ हजार ४५ र माईका– ६, ७ र ८ वडामा आठ हजार ९६ मतदाता रहेका आयोगले जनाएको छ ।

    उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सो क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend