logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • पाकिस्तानमा वर्षाजन्य विपद्का कारण ३९ जनाको मृत्यु

    पाकिस्तानमा वर्षाजन्य विपद्का कारण ३९ जनाको मृत्यु

    962
    Shares
    पाकिस्तानमा वर्षाजन्य विपद्का कारण ३९ जनाको मृत्यु

    काठमाडौँ । पाकिस्तानमा विगत तीन दिनमा वर्षाका कारण भएका दुर्घटनामा ३९ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले बताएको छ ।

    देशको पूर्वी पञ्जाव वर्षाबाट सबैभन्दा बढी प्रभावित भएको थियो । चट्याङका घटनाहरूमा २१ जनाको मृत्यु भएको थियो । दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा छाना ढलेर र चट्याङ लागेर सात जनाको मृत्यु भएको छ ।

    उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा घरको छाना खस्दा बालबालिकासहित आठ जनाको मृत्यु भएको छ । पाकिस्तान नियन्त्रित कश्मीरमा, दुई जनाको नदीमा चिप्लिएर मृत्यु भएको छ ।

    उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा हिमपहिरोमा दबिएर एक व्यक्तिको मृत्यु भएको छ । बलुचिस्तानमा कुल ३७ घर, एउटा पुल र दुई सडकमा क्षति पुगेको छ भने खैबर पख्तुनख्वामा १५ घर भत्किएका छन् ।

    मंगलवारबाट देशका अधिकांश स्थानमा भारी वर्षा, हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend