logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • सुदूरपश्चिम मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन

    सुदूरपश्चिम मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन

    966
    Shares
    सुदूरपश्चिम मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन

    काठमाडौँ । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय आज बिहीबार साँझ ५ बजे सकिँदैछ ।

    मियाँले संविधानको धारा १६८ (२) अनुसार दावी पेश गर्ने सयमसीमा दिएका हुन् । त्यो समयसीमा आज सकिन लागेको हो ।

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेश गर्ने तयारी गरेका छन्।

    एकीकृत समाजवादी दाबी पेश गर्नका लागि आज बिहानैदेखि छलफलमा जुटेको छ भने नेकपा (एमाले) भने अझै निर्णयमा पुग्न सकेको छैन।

    सुदूरपश्चिममा एकीकृत समाजवादीका चार सांसद छन्। एमालेले  समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको सट्टामा यसअघि आर्थिक मामिला मन्त्री बनेका नरेश शाही, प्रकाश रावल, माया पन्तमध्ये जसलाई बनाए पनि समर्थन गर्ने बताएको छ।

    गत आइतबार संविधानको धारा १६८ (२) अनुसार नै नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा छुट्टाछुट्टै दाबी पेश गरेका थिए।

    कैलासले नेकपा (एमाले) का १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका २ र स्वतन्त्र सांसद तारा जोशीको समर्थन रहने गरी दाबी पेश गरेका थिए।

    लक्ष्मणकिशोरले नेपाली कांग्रेसका १८, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका ५ र राष्ट्रिय प्रजातन्त्र पार्टीको १ सांसदको समर्थन रहने गरी दाबी पेश गरेका थिए।

    तर प्रदेश प्रमुख मियाँले दुवै दाबी खारेज गर्दै दुई दिनको समय दिएर पुनः मुख्यमन्त्रीमा दाबी पेश गर्न भनेका हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend