logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • प्रहरी हुँ भन्दै लुटपाट र ठगी गरेको आरोपमा २ जना पक्राउ

    प्रहरी हुँ भन्दै लुटपाट र ठगी गरेको आरोपमा २ जना पक्राउ

    663
    Shares
    प्रहरी हुँ भन्दै लुटपाट र ठगी गरेको आरोपमा २ जना पक्राउ

    काठमाडौं । प्रहरी हुँ भन्दै लुटपाट गरेको आरोपमा काठमाडौंमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काभ्रेको तेमाल गाउँपालिका ७ घर भएका सन्देश तामाङ र काभ्रेकै रोशी गाउँपालिका ३ का ३१ वर्षीय हिरालाल तामाङ छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

    चैत २ गते बिहान १० बजेतिर काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ यज्ञमार्टको क्याफेमा चिया खाइरहेका व्यक्तिलाई उनीहरुले लुटपाट गरेको परिसरका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए ।

    चिया पिइरहेका सप्तरीका विजय गोइतलाई उनीहरुले आफूहरु प्रहरी हो बताउँदै लुटपाट गरेको आरोप छ ।गोइतलाई सुनको अवैध कारोबार गरेको भन्दै धम्क्याएर जाँच गर्ने निहुँमा ४० हजार नगद र उनको कोठाबाट सुनको औठी र बिल समेत लुटेको आरोप छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend