logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • जडीबुटी प्रशोधन उद्योगमा आगलागी

    जडीबुटी प्रशोधन उद्योगमा आगलागी

    1.3K
    Shares
    जडीबुटी प्रशोधन उद्योगमा आगलागी

    बाँके । बाँकेको जानकी गाउँपालिका–६ पिपरहवास्थित राजेश जैनले सञ्चालन गरेको बाहुबली जडीबुटी प्रशोधन उद्योगमा आगलागी भएको छ ।

    विधुत् चुहावट ‘सर्ट’ भएर आज बिहान भएको आगलागी दिउँसो नियन्त्रणमा आएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए । उनका अनुसार आगलागी घटनाको जानकारी आउनै बित्तिकै प्रहरीको टोली परिचालन गरिएको थियो ।नेपाल प्रहरी, सशस्त्र प्रहरी,

    नेपाली सेना, स्थानीय र बाँके र बर्दिया जिल्लाबाट मगाइएको जम्मा नौवटा वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

    उद्योगमा रहेको जडीबुटी, बोरालगायत सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ तर क्षतिको पूर्ण विवरण अझै आउन बाँकी रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend