logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • डोटीको जोरायलका निश्चल लामा काठमाडौँको सिनामङगल गोल्डेन गेटबाट पक्राउ

    डोटीको जोरायलका निश्चल लामा काठमाडौँको सिनामङगल गोल्डेन गेटबाट पक्राउ

    897
    Shares
    डोटीको जोरायलका निश्चल लामा काठमाडौँको सिनामङगल गोल्डेन गेटबाट पक्राउ

    काठमाडौँ । अर्काको मोबाईल मागी उक्त मोबाईलबाट अपराधिक लाभ तथा रकम चोरी गर्ने कार्य गरेको आरोपमा प्रहरीले डोटीका एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–२ बस्ने २७ वर्षीय निश्चल लामा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

    उनका अनुसार पक्राउ परेका लामाले काठमाडौँका विभिन्न स्थानमा मोटसाईकालमा लिफ्ट मागि आफन्तको हवाई उडान रहेको भनी नयाँ बसपार्कमा गई विभिन्न सर–सामानहरु ल्याउनुपर्ने छ भन्ने जस्ता विभिन्न वरबहाना बनाई अफ्नो मोबाईल स्विचअफ रहेको भनी मोबाईल मागेर फोन कल गर्दै परपर गई भगी जाने र अनाधिकृत रुपमा उक्त मोबाईलमा रहेको मोबाईल बैकिङ् चलाई विभिन्न व्यक्तिहरुबाट जम्मा ३ लाख ६२ हजार एक सय ७० लिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

    निज लामाले यसरी चोरी गरेका मोबाईल फोनहरु हाम्रो बजार डट कममा राखी बिक्री समेत गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ । निज लामालाई काठमाडौँको सिनामङगल स्थित गोल्डेन गेटबाट पक्राउ गरी थप अनुसन्धान एंव कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको प्रवक्ता रेग्मीले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend