logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • कस्ले छोडेर गयो त्रिभुवन विमानस्थलमा १ किलो ७० ग्राम सुन ?

    कस्ले छोडेर गयो त्रिभुवन विमानस्थलमा १ किलो ७० ग्राम सुन ?

    1.6K
    Shares
    कस्ले छोडेर गयो त्रिभुवन विमानस्थलमा १ किलो ७० ग्राम सुन ?

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारीसे अवस्थामा फेला परेको छ ।

    बुधबार ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आई वे नं ५ मा राकिएको फ्लाईट 6E1151 को ईण्डिगो एयरको सिट नं २७ चार्लीको पछाडी २८ चार्लीको अगाडी पकेटको तल पट्टी बेवारिसे अवस्थामा कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा उक्त सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरी शर्माले सुनौलो नेपाललाई जानकारी दिए ।

    उनका अनुसार बेवारिसे अवस्थामा भेटिएको उक्त सुनमा सिक्रि तीन, सुनको बिस्कुट थान ६, त्रिभुज आकारको सुन जस्तो देखिने पहेलो रङको धातुको टुक्राहरु दुई, सिक्रि जोड्ने स–साना रिङ २ फेला परेको छ तथा सोको कुल अन्दाजी तौँल एक किलो ७० ग्राम रहेको छ ।

    बेवारिसे अवस्थामा भेटिएको उक्त सुन ल्याउने व्यक्तिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend