logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • मुगुमा नुन्दुमको नातिनी र नातिको बनेन जन्मदर्ता, नागरिकता नपाउँदा राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित

    मुगुमा नुन्दुमको नातिनी र नातिको बनेन जन्मदर्ता, नागरिकता नपाउँदा राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित

    637
    Shares
    मुगुमा नुन्दुमको नातिनी र नातिको बनेन जन्मदर्ता, नागरिकता नपाउँदा राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित

    मुगु । मुगुको मुगम कारमारोङ गाउँपालिका–५ सेरोग गाउँमा रहेको एक घर परिवारका ६ जनाले नेपाली नागरिता नहुँदा राज्यबाट पाउने सबै सेवासुबिधाबाट बञ्चित हुनु परेको छ ।

    नेपालको संबीधान २०७२ को भाग २ मा नागरिकताबाट कुनै पनि नेपाली नागरिकलाई बञ्चित नगराउने एवं नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन भनेर प्रष्ट उल्लेख गरिएको भएपनि मुगमकोमारोङ–५ सेरोगगाँउमा स्थाई रुपमा बस्दै आएकी नुन्दुम कामीले अहिले सम्म नागरिकता पाएकी छैनन ।

    उमेरका हिसाबले उनी हाल ८० बर्ष पुगेकी छिन । उनका श्रीमानको ३५ बर्ष पहिला मृत्यू भई सकेको छ । उनका जेठा छोरा १८ बर्ष पहिला शिलाजित निकाल्ने क्रममा भिरबाट लडेर मृत्यू भएको थियो । अहिले घरमा ८० बर्षीया नुन्दु कामि, कान्छो छोरो ३२ बर्षीय योदानग्याम्जो कामी र बुहारी ३२ बर्षीया छिमेकसाग्मु कामी, नातिनी १२ वर्षीया र ६ वर्षीया एवं ८ वर्षका नातिको नागरिकता र बालबालिकाहरुको जन्मदर्ता समेत नहुँदा उक्त परिवार राज्यबाट पाउने सेवा सुबिधाबाट बञ्चित भएको छ ।

    नागरिकता नभएकै कारण राज्यले दिने सेवा सुबिधाबाट आफुहरुको पुरै ६ जनाको परिवार बञ्चित भएको ८० वर्षीया नुन्दुम कामीले सुनौलो नेपाललाई बताईन । उनले भनिन, “नागरिकता नहुँदा हामीले आफ्ना बच्चाको जन्मदर्ता गर्न समेत पाएनौँ, अरु सुबिधा भनेको हाम्रा लागि आकाशको फल भयो, के हामी नेपाली होइनौँ र ?”

    “म बालक हुँदा बुबाको मृत्यू भएकोले आमा बोल्न नसक्ने (लाटो) भएको हुँदा नागरिता बनाउनु भएन आमा अहिले ८० बर्ष पुग्दा पनि नागरिकता नहुँदा मेरो र मेरो परिवारको नागरिकता बनाउन समस्या भयो”, ३२ बर्षीय योदानग्याम्जो कामीले भने, “मेरो नागरिकता नहुँदा मेरा बालबच्चाहरुको जन्मदर्ता बनाउन पाएन हाम्रो पीडा कस्ले बुझने ।”

    नेपाली भएर पनि नेपाली नागरिकता नपाएको आफुलाई दैनिक पीडा हुने गरेको उनको गुनासो छ । नागरिता बनाउनको लागि वडा सरकारदेखि सरोकारवाला सबै निकायले हाम्रा पीडा बुझेर नेपाली नागरिकताका लागि पहल र सहयोग गरिदिन समेत उनले आग्रह गरेका छन् ।

    ८० वर्षीया नुन्दुम लगाएत पुरै घर परिवारको नेपाली नागरिकता नहुँदा समस्या भएको जानकारी पाए पछि अहिले नागरिकता पहल गराउनका लागि स्थानीय सोनाम तामाङ लामाको सहयोगमा निजलाई जिल्ला सदरमुकाम गमगढी स्थित जिल्ला प्रशासन कार्यालयमा लगिएको छ ।

    उता वडाअध्यक्ष दानासाङग तामाङले उक्त कामी परिवारले बिगतका बर्षहरुमा किन नागरिकता पाउनु भएन आफुलाई जानकारी नभएको र अहिले आफु वडाअध्य निर्वाचित भएपश्चात नागरिता बिहीन निज परिवारलाई नागरिकता दिलाउन सबै क्षेत्रमा लागि परेको बताए ।

    उनले भने, “नेपाली भएर नागरिकता बिहिन हुनु लज्जसपद कुरो हो, आफुले सो विषयलाई निकै गहनरुपमा लिई वडा सरकार र प्रहरी चौँकी बाट हुने सबै प्रकारका सिफारीस मुचुल्का तयार गरी जिल्ला प्रशासन कार्यलय सम्म नागरिकता बनाउनको लागि परेको छु, उनीहरुले नागरिकता पाउनु हुन्छ ।”

    ८० बर्ष सम्मको उम्मेर सम्म नागरिकता नलिनु, पटक पटक नागरिता बितरणको लागि गाउँमा घुम्ती टोली जाँदा पनि नागरिता नलिनुु लगाएत नागरिकता पाउ भनि आएको कागज पत्र हेरेर, जिल्ला प्रहरी कार्यालयको प्रतिबेदन र निर्वाचन कार्यलयमा भएका अभिलेखका आधारमा अनुसन्धान गरि बास्तबिक नेपालीले नागरिता पाउनु सबै विवरणका आधारमा नागरिकता दिलाउने कुरामा आफू मन्जुर रहेको जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी हरिबहादुर खत्रीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend