logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • डेढ अर्ब लगानीमा पोखरामा ‘लक्जरी रिसोर्ट’ ल्याउँदै सांग्रिला हस्पिटालिटी ग्रुप

    डेढ अर्ब लगानीमा पोखरामा ‘लक्जरी रिसोर्ट’ ल्याउँदै सांग्रिला हस्पिटालिटी ग्रुप

    1.7K
    Shares
    डेढ अर्ब लगानीमा पोखरामा ‘लक्जरी रिसोर्ट’ ल्याउँदै सांग्रिला हस्पिटालिटी ग्रुप

    काठमाडौं । सांग्रिला हस्पिटालिटी ग्रुपले पोखराको बेगनासमा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ ।

    अहिले ग्रुपले रिसोर्टको निर्माण गरिरहेको छ । सांग्रिला होटल सञ्चालन गरिरहेको ग्रुपले १ अर्ब ४९ करोड ५० लाख रुपैयाँ लगानीमा लस्ट होराइजन प्रालि रिसोर्ट सञ्चानलमा ल्याउन लागेको हो ।

    रिसोर्टले १ अर्ब ७ करोड ६० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । रिसोर्ट सन् २०२६ डिसेम्बरभित्र सञ्चालनमा ल्याउने तयारी भएको ग्रुपले जनाएको छ ।

    अहिलेसम्म रिसोर्टको ५६ प्रतिशत वित्तीय प्रगति भएको ग्रुपले जानकारी दिएको छ । ७३ प्रतिशत बैंकको ऋण र बाँकी २८ प्रतिशत संस्थापकले स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको छ । परियोजनाको महत्वपूर्ण डिजाइन र स्कोप परिमार्जनपछि लागत बढेको छ ।

    जनवरी २०२४ को मध्यसम्ममा ७२ करोड ४० लाख रुपैयाँ थियो । संस्थापकहरुले अझै ३७ प्रतिशत स्वपुँजी लगानी गर्न बाँकी छ । ऋण र इक्विटी व्यवस्थापनमा भएको ढिलाइले रिसोर्टको काम पनि पछि धकेलिँदै आएको छ । लक्जरी रिसोर्ट बन्न भएको ढिलाइले प्रतिकोठा लागत बढेर ३ करोड ९० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

    होटलमा ४० कोठाहरु बन्ने भएको छ । जसमध्ये दुईटा स्वीट रुम हुने ग्रुपले जानकारी दिएको छ । होटल व्यवस्थापनको जिम्मा इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी) ले लिएको छ । विकासकर्ता लस्ट होराइजन र आइएचजीबीच सन् २०२२ डिसेम्बरमा रिसोर्टको व्यवस्थापन जिम्मेबारीमा लिने सम्झौता भएको थियो ।

    रिसोर्ट इन्टरकन्टिनेन्टल रिसोर्ट पोखरा बेगनास ब्राण्डमा सञ्चालन हुने ग्रुपले जनाएको छ । इन्टरकन्टिनेन्टल होटल्स ग्रुप प्रमुख युरोपेली होटल समूहहरुको होटल व्यवस्थापन सम्झौतामार्फत रिसोर्टलाई साझेदारी गर्न सक्षम पार्दै आइएचजीको ब्रान्ड नाम स्थापित छ । फ्रेंचाइजीले रिसोर्टको व्यवसाय विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

    बेगनासमा परियोजनाको अनुकूल स्थानबाट आराम प्राप्त गर्न सकिन्छ । नेपाल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकमाझ बेगनास लोकप्रिय रहेको क्षेत्र हो । अनुमानित लागत र समयरेखाभित्र परियोजना पूरा गर्न कम्पनीको क्षमता र त्यसपछि पर्याप्त मार्जिन कायम राख्नु मुख्य मूल्याँकन संवेदनशीलता रहनेछ ।

    रिसोर्ट व्यवसायी प्रसिद्धबहादुर पाण्डे र प्रविनबहादुर पाण्डेले सञ्चालनमा ल्याउन लागेका हुन् । ग्रुपले काठमाडौं र पोरखामा दुईटा पाँचतारे होटल निर्माण गरिरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend