logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • ईरानमाथि इजराइले आक्रमणगरेसँगै विश्व बजारमा तेल र सुनको मूल्य बढ्यो

    ईरानमाथि इजराइले आक्रमणगरेसँगै विश्व बजारमा तेल र सुनको मूल्य बढ्यो

    1.6K
    Shares
    ईरानमाथि इजराइले आक्रमणगरेसँगै विश्व बजारमा तेल र सुनको मूल्य बढ्यो

    काठमाडौं । इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ । इरानको सरकारी मिडियाका अनुसार इजरायलको आक्रमण पछि एयर डिफेन्स सिस्टमलाई प्रान्तहरुमा सकृय बनाइएको छ ।

    बीबीसीका अनुसार अमेरिकी अधिकारीहरूले ईरानमाथि इजराइलले आक्रमण गरेको पुष्टि गरेसँगै आज एशिया क्षेत्रमा कच्चा तेलको मूल्यमा ३ प्रतिशतले वृद्धि भएको छ। योसँगै कच्च तेलकोमूल्य प्रति ब्यारेल ढण् डलर पुगेको छ।

    गत १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु भएपछि दुई देशबीच तनाव बढेको थियो । त्यो हत्याको बदलास्वरुप इरानले एक साता अघि

    यस्तै सुनको मूल्यमा पनि नयाँ रकेर्ड कायम भएको छ। सुन प्रति औंस अर्थात् २८.३४ ग्रामको मूल्य २४०० डलरसम्म पुगेको छ।त्यसैगरी जापान, हङकङ र दक्षिण कोरियाको स्टक मार्केटमा गिरावट आएको छ।

    आज बिहान मात्रै इजराइलले ईरानमाथि जवाफी कारबाही सुरु गर्दै विभिन्न सहरमा मिसाइल आक्रमण गरेको ईरानी सरकारी समाचार संस्था ईरनाले बताएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend