logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

    नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

    715
    Shares
    नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

    काठमाडौं । नेपालले खराब ब्याटिङ गर्दै एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ ।

    अलअमरेतमा टस जितेको युएईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ११९ रन मात्र जोड्न सक्यो।

    पहिलो बलदेखि विकेट गुमाउन थालेको नेपालले लगातार विकेट गुमाएको थियो। नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे पनि अरु ब्याटरले उल्लेख रन जोड्न सकेनन्। सन्दीपलाई कोही पनि ब्याटरले गतिलो साथ दिन सकेनन्।

    १५ औं ओभरमा आउट हुनुअघि सन्दीपले ५० रन जोड्ने क्रममा ४० बलमा ४ चौका र २ छक्का प्रहार गरे। त्यसपछि गुल्सन झाले १६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडे।

    नेपालका ओपनर कुशल भुर्तेल रोयल डक भए। कुशल भुर्तेल इनिङ्ग्सकै पहिलो बलमा शून्यमा आउट भए। भुर्तेललाई युएईका जुनइद सिद्धिकीले विकेटकिपर सइद हैदरबाट क्याच गराए।

    यस्तै अर्का ओपनर आसिफ शेख ८ रन जोडेर चौथो ओभरमा आउट भए। कप्तान रोहित पौडेल सातौं ओभरको अन्तिम बलमा १८ बल खेलेर ५ रनमा आउट हुँदा नेपालमाथि दबाब बढेको थियो।

    त्यसपछि सन्दीप जोरा र दीपेन्द्रले छैटौं विकेटका लागि २५ रनको साझेदारी गरेका थिए । दीपेन्द्र १४ औं ओभरको दोस्रो बलमा आयन खानको बलमा एलबीडब्लु आउट भएपछि नेपालको ठूलो योगफलको आशा पनि सकिएको थियो ।

    तल्लोक्रममा करण केसीले १२ बलमा २ छक्कासहित १७ रन बनाए । गुलशन झा १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भए ।युएईका जुनैद सिद्दिकी, बासिल हामिद र अली नासिरले २/२ विकेट लिए । ओमैद शफी रहमान, आयन खान र मोहम्मद फारुकले १/१ विकेट लिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend