logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • इलाममा करेन्ट लागेर १ जनाको मृत्यु

    इलाममा करेन्ट लागेर १ जनाको मृत्यु

    780
    Shares
    इलाममा करेन्ट लागेर १ जनाको मृत्यु

    इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका ५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्रबार दिउँसो मृत्यू भएको प्रहरीले जनाएको छ ।

    इलामको सन्दकपुर गाउँपालिका लैजाँदै गरिएको नयाँ विद्युतको पोलमा काम गर्ने क्रममा इलाम नगरपालिका ८ स्थित महभीर टोलमा कुँवरलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो ।

    कुँवरको शव डढेको अवस्थामा विजुलीको पोलबाट खसेको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि इलाम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

    घटनाको सम्बन्धमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश जवेगूले जानकारी दिए ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend