logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

    आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

    3.7K
    Shares
    आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

    मेष : नसोचेको क्षेत्रबाट आम्दानी हुनसक्छ। सेयरमा लगानी गरेको भए फाइदा हुनेछ। साथीसँग भेट हुनेछ। नयाँ कामको सुरुवात हुनेछ।

    वृष : काममा बाधा आइपर्न सक्ने दिन छ। शिक्षा क्षेत्रको लगानीमा घाटा हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानी ठगले खाइदिने जोखिम देखिन्छ। रिसलाई नियन्त्रण गरेर विवेकपूर्ण काम गर्नुपर्ने दिन छ।

    मिथुन : साथीले सहयोग गर्नेछन्। गुरुको आर्शिवाद मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    कर्कट : परिश्रम अनुसारको फल प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ निरन्तर रहने छ। सामाजिक क्षेत्रबाट सम्मान मिल्नेछ।

    सिंह : अधिकारको लडाइनमा सफलता मिल्नेछ। साथीभाइसँग संगत गर्दा बोली र व्यवहारले पक्का बन्नुपर्ने देखिन्छ। जटिल भनेको काम सहजै बन्नसक्छ। परिवारको साथ र सहयोग रहनेछ।

    कन्या : परोपकार गर्ने मौका मिल्नेछ। आर्थिक क्षेत्रको लगानीमा समस्या हुनसक्छ। परिवारसँग मेलमिलाप हुनेछ। वैदेशिक क्षेत्रको रोजगारीमा फाइदा हुनेछ। काम गर्दा सचेत बन्नुपर्ने दिन छ।

    तुला : शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। मन शान्त बन्नेछ। परोपकारको मौका मिल्नेछ। परिवारको साथ र सहयोग हुनेछ।

    वृश्चिक : आर्थिक क्षेत्रमा सुधार हुनेछ। व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राम्रो कामको चर्चा हुनेछ।

    धनु : लामो समयदेखि रोकिएको काम बन्नेछ। श्रम गरेको क्षेत्रमा उन्नति हुनेछ। आर्थिक लाभ हुने दिन छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

    मकर : मान र सम्मान प्राप्त हुने योग छ। आर्थिक उन्नति हुनेछ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। रमाइलो यात्राको योग रहेको छ।

    कुम्भ : परिवारको साथ र सहयोग निरन्तर रहने छ। रोकिएको काम बन्नेछ। जमिनको कारोबारमा फाइदा हुनेछ। नसोचेका मान्छेले सहयोग गर्नेछन्।

    मीन : खुशीको खबर सुन्न पाइने छ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। मन खुशी हुनेछ। परिवारको साथ र सहयोगमा मनोरञ्जन गर्दै दिन बित्नेछ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend