logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • आज काठमाडौँका यी क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने

    आज काठमाडौँका यी क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने

    1.9K
    Shares
    आज काठमाडौँका यी क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने

    काठमाडौँ । आज काठमाडौंका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

    विभिन्न ठाउँका फिडरहरू सटडाउन गरेर मर्मत कार्य गर्नु पर्ने भएकोले विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

    रत्नपार्कको वितरण केन्द्रको अनामनगर, जोरपाटी वितरण केन्द्रको मुलपानी र डांछी फिडरअन्तर्गत पर्ने ठाउँमा विद्युत सेवा अवरुद्ध हुने छ ।

    प्राधिकरणका अनुसार लोकसेवा कार्यालयको पानी ट्याङ्की, सिंहदरबारको पूर्वी गेट अनामनगर हुँदै न्युरो हस्पिटल, प्रभु बैंकका साथै धोबीखोलादेखि मैतीदेवी, घट्टेकुलो क्षेत्रमा साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ ।

     

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend