logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले खोल्यो विभिन्न पदमा जागिर

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले खोल्यो विभिन्न पदमा जागिर

    2.3K
    Shares
    नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले खोल्यो विभिन्न पदमा जागिर

    काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको दरखास्त आह्वान गरेको छ ।

    लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम कम्पनीको कर्मचारी विनियमावली, २०७८ (संशोधन समेत) बमोजिम खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागिएको हो ।

    योग्यता पुगेका, विनियम १७ बमोजिम अयोग्य नभएका तथा लोक सेवा आयोगबाट सञ्चालित परीक्षामा अनियमितता गरेको सम्बन्धमा यसअघि निश्चित अवधिसम्म आयोगद्वारा सञ्चालित कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाहीमा नपरेका इच्छुक नेपाली नागरिकहरुबाट आनलाइन दरखास्त आह्वान गरिएको छ ।

    आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, दस्तखतको नमुना, आफूले हासिल गरेको न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्रहरु, तालिम, अनुभव, परिषद् दर्ता प्रमाणपत्र, समावेशिताको प्रमाणपत्र, समकक्षता निर्धारण पत्रहरु अनलाइन फारामको निर्दिष्ट स्थानमा अपलोड गरी कम्पनीको website www.ntc.net.np वा recruit.ntc.net.np मार्फत दरखास्त दिनुपर्नेछ ।

    रीत नपुगी, म्याद नाघी वा दरखास्त साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु संलग्न नभई पेस भएको दरखास्त उपर कुनै कारबाही नहुने जनाइएको छ ।

    यसैगरी काम गर्ने क्षेत्रहरु कम्पनीका विभिन्न निर्देशनालय, काठमाडौँ उपत्यका बाहिरका कार्यालय रहेका सूचनामा उल्लेख गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend