logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • जिपको ठक्कर दिँदा पत्रकार साउँद घाइते, मायामेट्रोमा उपचार हुँदै

    जिपको ठक्कर दिँदा पत्रकार साउँद घाइते, मायामेट्रोमा उपचार हुँदै

    1.9K
    Shares
    जिपको ठक्कर दिँदा पत्रकार साउँद घाइते, मायामेट्रोमा उपचार हुँदै

    काठमाडौँ । कैलालीको अत्तरियामा बोलेरो जिपले ठक्कर दिँदा पत्रकार सकुन्तला साउँद घाइते भएकी छिन् ।

    इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार तेघरी स्थित भीमदत्त राजमार्गमा साउँद सवार सुदूरपश्चिम प्रदेश ०१०११ प ९१२९ नम्बरको स्कुटीलाई बोलेरो जिपले पछाडिबाट ठक्कर दिएको हो ।

    साउँदलाई ठक्कर दिने जिप फरार रहेको र संकास्पद जिपहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेकोे इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

    साउँदको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । जिपको ठक्करबाट उनको दायाँ हात भच्चिएको छ । उनी अत्तरियास्थित टिभी टुडेमा कार्यरत छिन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend