logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • हरि चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधारको जिम्मेवारी

    हरि चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधारको जिम्मेवारी

    910
    Shares
    हरि चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधारको जिम्मेवारी

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरेका छन् । बिनाविभागीय मन्त्री हरिबहादुर चुमानलाई आर्थिक मामिला तथा राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका हुन्

    मन्त्रालयको जिम्मेवारी दिने काम मुख्यमन्त्रीको हो, उनले तपाइलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मा दिए भनेर फोन गरेका छन्,’ उनले भने, ‘यसको जानकारी प्रदेश प्रमुखलाई गराइसकेका छन् ।’ चुमान काठमाडौं छन् भने मन्त्रालयको जिम्मेवारी तोकिएपछि अधिकारी पनि काठमाडौं हानिएका छन् ।

    शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीको जिम्मेवारी बाँडफाँट गरिएको र चुमानको आइतबारमात्र पदभार ग्रहण गराउने तयारी रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    सर्वोच्च अदालतले दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिए पनि मुख्यमन्त्री अधिकारीले मन्त्रीहरूलाई जिम्मेवारी तोक्ने, संसद बैठक बोलाउने लगायतका काम गरिरहेका छन्।

    सभामुख कृष्णप्रसाद धिताललाई समेत माओवादी संसदीय दलको सदस्यका हैसियतले दाबी पेस गरेपछि चैत २५ गते खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए ।

    एमालेका २२, माओवादीका सभामुखसहित ८ र स्वतन्त्र जितेर एकीकृत समाजवादी प्रवेश गरेका मनाङेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि सोही दिन अधिकारीले ३ सदस्यीय मनित्रपरिषद् गठन गरेका थिए ।

    चुमान र मनाङेलाई बिनाविभागीय मन्त्री बनाएका अधिकारीले ७ गते विश्वासको मत लिने गरी संसद अधिवेशन आह्वान गरेका थिए । विश्वासको मत प्राप्तसमेत गर्ने अवस्था नरहेको र संसदमा दुई दिन अगाडि सूचनासमेत नपठाएपछि शुक्रबार कांग्रेसको बहिस्कारका बाबजुद अधिवेशन

    सुरु गरेर अनिश्चित कालका लागि स्थगित गरिएको छ । त्यसको भोलिपल्टै शनिबार बिहान अधिकारीले चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधारकै जिम्मेवारी सुम्पिएका हुन् ।मुख्यमन्त्री नियुक्ति विवादलाई अदालतले अग्राधिकार दिएर वैशाख १० गते पेशी तोकेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend