logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • वीरगंज भन्सारद्वारा ८ महिनामा १ खर्ब १४ अर्ब राजस्व संकलन

    वीरगंज भन्सारद्वारा ८ महिनामा १ खर्ब १४ अर्ब राजस्व संकलन

    468
    Shares
    वीरगंज भन्सारद्वारा ८ महिनामा १ खर्ब १४ अर्ब राजस्व संकलन

    पर्सा । वीरगंजभन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु १ खर्बभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा कार्यालयले रु १ खर्ब १४ अर्ब १६ करोड राजस्व संकलन गर्न सफल भएको हो ।

    चालु आवको ९ महिनाका लागि भन्सार विभागले रु १ खर्ब ८१ अर्ब ९९ करोडको लक्ष्य निर्धारण गरेको थियोे । कार्यालयले लक्ष्यभन्दा रु ६७ अर्ब ८२ करोड कम राजस्व संकलन गरेको छ ।

    विश्व आर्थिक मन्दीको प्रभावले राजस्वको लक्ष्य हासिल गर्न नसकिएको वीरगंजभन्सार कार्यालयका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । उनले सवारी साधन तथा इन्धनको आयातमा आएको कमीले राजस्व संकलनलाई प्रभावित गरेकोे बताए।

    गत आवकोे तुलनामा चालु आवभित्र कारोबारमा केही सुधार देखिए पनि कोरोनाकाल अगाडिको अवस्थामा फर्किन नसकेको अधिकृत सुवेदीले जानकारी दिए । उनले गत आवको ९ महिनाका लागि विभागले दिएको लक्ष्याको तुलनामा ६० प्रतिशत मात्र राजस्व संकलन भएको बताए ।रासस

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend