काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले चौथो सफलता हात पारेको छ ।
दीपेन्द्रसिंह ऐरीले १२ रन बनाएका एजाज खानलाई आउट गरेका हुन् । हङकङले १४ ओभरमा ८७ रन बनाएको छ ।
नेपालले हङहङसामु जितका लागि १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो ।