logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • राष्ट्रपति नपाएपछि बाबुराम माओवादीसँगको एकताबाट पछि हटे : अध्यक्ष यादव

    राष्ट्रपति नपाएपछि बाबुराम माओवादीसँगको एकताबाट पछि हटे : अध्यक्ष यादव

    1.3K
    Shares
    राष्ट्रपति नपाएपछि बाबुराम माओवादीसँगको एकताबाट पछि हटे : अध्यक्ष यादव

    काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले अर्का अध्यक्ष बाबुराम भट्टराई भने अनुसारको पद नपाएकाले माओवादी केन्द्रसँगको एकताको विपक्षमा उभिएको बताएका छन् ।

    शनिबार ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले बाबुराम आफू राष्ट्रपति वा श्रीमतीलाई उपराष्ट्रपति बनाउने दौडमा रहेको र दुवै नभएपछि पार्टी एकताको विपक्षमा उभिएको बताएका हुन् ।

    ‘उहाँको राष्ट्रपतिको प्रस्ताव थियो। त्यो हुन सकेको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो। नभएपछि फेरि हिसिला यमीलाई उपराष्ट्रपति बनाउनेबारे कुरा गर्न जाऔं भन्नुभयो। जसपाले उपराष्ट्रपति पाएपछि उहाँ विचलित हुनुभयो,’ अध्यक्ष यादवले भने ।

    त्यसपछि अरु पार्टीका नेताहरूसँग भेटेर कुरा गर्दा पनि नभएको अध्यक्ष यादवले बताए । चुनावलगत्तै माओवादीसँग एकता नहुनुको कारण पनि त्यही रहेको बताउँदै यादवले गोरखाली जनतालाई बाबुरामले जवाफ दिनुपर्ने बताए ।

    ‘डा. बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिने काम गर्नुभयो । उहाँलाई मैले चुनाव लड्नुस् भनेको थिएँ। लड्दिनँ भन्नुभयो। छोरीलाई काठमाडौंमा चुनाव लडाउँछु प्रचण्डलाई गोरखा लैजानुभयो,’ उनले भने ।

    गोरखामा भट्टराइले प्रचण्डलाई हसिँया हथौडामा भोट माग्दै माओवादीसँग एकता गर्ने सहमति भइसकेको बताएको स्मरण गरे । ‘चुनावपछि पार्टी एकता गर्छौं भनेर बाबुरामले गोरखामा भन्नुभएको हो । अहिले हामीलाई चाहीँ लोभी, पापि बनाउने? यो देशमा हामीभन्दा बढी लोभी, पापी बाबुराम भट्टराई हो ।

    म प्रमाणित गर्नसक्छु,’ यादवले भने । अध्यक्ष यादवले डा. भट्टराईसँग लामो समयसम्म सहकार्य गर्ने गंगानारायण श्रेष्ठ, बुहारी दुर्गा भट्टराई र विश्वदीप पाण्डेसमेत उहाँसँग नभएको भन्दै यसले आधिकारिक नेसपा आफूहरुको भएको प्रष्ट पारेको बताए ।

    उनले मधेस आन्दोलनको मागलाई पूरा गर्नका निम्ति माओवादी केन्द्रसँग एकता गर्न लागेको पनि बताए । बाबुराम वामपन्थी विचारबाट भाग्दाखेरी केशरजंग रायमाझी जस्तै हुन पुगेको यादवको भनाइ छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend