logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • मुक्तिनाथ विकास बैंकद्वारा कृत्रिम हात वितरण

    मुक्तिनाथ विकास बैंकद्वारा कृत्रिम हात वितरण

    546
    Shares
    मुक्तिनाथ विकास बैंकद्वारा कृत्रिम हात वितरण

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत इनेबल नेपाल संस्थासँगको साझेदारीमा देशका विभिन्न स्थानहरुबाट बसोबास गर्ने र कृत्रिम हातको आवश्यकता पर्ने बालबालिकाहरुलाई वितरण गरेको छ ।

    एक कार्यक्रमबीच बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र इनेबल नेपाल संस्थाका पदाधिकारीबाट कृत्रिम हातहरु बालबालिकाहरुलाई वितरण गरिएको छ । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, बालबालिकाहरुका अभिभावक र इनेबल नेपालका कर्मचारीहरुको उपस्थिति थियो । बैंकले ५ थान कृत्रिम हातहरु वितरण गरिसकेको र निकट भविष्यमा थप वितरण गर्ने बैंकका सहायक नायाव प्रमुख कार्यकारी गुरुङले बताएका छन् ।

    यस सहयोगहरुबाट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै लाभकारी बालबालिकाहरुको जीवनमा सकरात्मक परिवर्तन हुने र आत्मविश्वास बलियो गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।

    बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवकमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेशिनबाट निः शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

    यस्तै मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ बचत तथा कर्जा जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend