logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाली बजारमा सुनको मूल्य स्थिर,चाँदीको बढ्यो

    नेपाली बजारमा सुनको मूल्य स्थिर,चाँदीको बढ्यो

    1.5K
    Shares
    नेपाली बजारमा सुनको मूल्य स्थिर,चाँदीको बढ्यो

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात् शुक्रबार सुनको मूल्यले रेकर्ड कायम गरेको थियो। भने सो दिन सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो। जुन अहिलेसम्मकै उच्च मूल्य हो।

    यस्तै,आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

    आइतबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा बढेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय २० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend