logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पशुपतीनाथको कृपाले कोरोना विरुद्धको लडाई हामीले जित्ने छौंं आशा गरौं

    पशुपतीनाथको कृपाले कोरोना विरुद्धको लडाई हामीले जित्ने छौंं आशा गरौं

    4.4K
    Shares

    सुरज भुसाल – कोरोना भाइरसका कारण यतिबेला बिश्व आक्रान्त छ।  बिज्ञान  प्रविधि र  स्वास्थ्यको क्षेत्रमा निकै  फड्को  मारेका देशहरु समेत संकट ग्रस्त अवस्थामा  पुगेका छन।

    गत डिसेम्बरमा चीनको वुहान बाट शुरु भएको सक्रमण अहिले विश्वका दुई सय भन्दा बढी देशहरुमा महामारीको रुपमा फैलिसकेको छ।    मानव जिवनमा दिनानुदिन  सन्त्रास  एवंं डर पैदा भइरहेको छ।

    अहिलेसम्म   विश्वका झण्डैै ८३ हजार भन्दा बढी मान्छेहरुले यो रोगका कारण जिवन गुमाइ सकेका छन भने झण्डैै १४ लाख भन्दा बढी मानीसहरुमा संक्रमण फैलीसकेको छ र ३ लाख भन्दा बढी मानीसहरु उपचार पश्चात घर फर्की सकेका छन ।

    हाम्रो देश नेपाल पनि  यो महामारीको चपेटामा परीसकेको  छ र यो महामारीको भुमरीमा ९ जना संक्रमणमा परी १ जना उपचार पश्चात घर फर्की सक्नु भएको छ भने ८ जना उपचार गराइ रहनु भएको छ । आशा गरौं उहाँहरुलाई पनी चाडैै निको हुने छ ।

    यो महामारी नियन्त्रण गर्न नेपाल सरकारले जुन प्रयत्न गरीरहेको छ ति प्रयत्नलाई हामीले आत्मसाथ गरौैं सहयोग गरौ तिनले  देशले छिट्टै  कोरोनाबाट उन्मुक्ति  प्राप्त गर्ने छ भनी कामना गरौं ।

    लकडाउनलाई तपाई हामी सबैले  इमान्दारीताका साथ पालना गरौ यो संकटको घडीमा  जहाँ  जुन अवस्थामा छौ त्यहि खुसी बनौ आफन्नो र देशको सुरक्षाको लागी काम गरौं आजसम्मको अवस्था भन्दा माथीका अप्रिय खबर देख्न र सुन्न नपरोस हामी सबै मिली हातेमालो गरौं हामीले खोजेको महामारी मुक्त र सुरक्षीत संसारको पदपुर्ती हुनेछ र हामी सबै खुसी हुनेछौं ।

    श्री पशुपतीनाथको कृपाले पक्कै पनी यो कोरोना भाइरस (को–भीड १९ ) को महामारीलाई हामीले जित्ने छौ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend