logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • वेस्ट बैँकमा इजरायली हिंसा बिरुद्ध इजिप्टको चेतावनी

    वेस्ट बैँकमा इजरायली हिंसा बिरुद्ध इजिप्टको चेतावनी

    520
    Shares
    वेस्ट बैँकमा इजरायली हिंसा बिरुद्ध इजिप्टको चेतावनी

    सिन्ह्वा । इजिप्टका विदेशमन्त्री समेह शौकरी र संयुक्त राष्ट्र संघको विशेष प्रतिवेदकबीच कब्जा गरेको प्यालेस्टाइन क्षेत्रमा मानवअधिकारको अवस्थाका बारेमा आईतवार कायरोमा जारी इजरायली आक्रमणको बीचमा प्यालेस्टिनीहरूको मानवीय पीडालाई कम गर्ने उपायहरूबारे छलफल भएको छ ।

    इजिप्टको विदेश मन्त्रालयले आफूहरु गाजामा नागरिकहरू बिरुद्ध इजरायली उल्लङ्घनहरू अन्त्य गर्ने आवश्यकतालाई जोड दिइरहेको बताएको छ ।

    इजिप्ट र संयुक्त राष्ट्र संघको विशेष प्रतिवेदकले वेस्ट बैंकमा आक्रमण नगर्न इजरायललाई चेतावनी समेत दिएका छन् । एन्क्लेभमा पूर्ण सहायता पुर्याउने र वेस्ट बैंकमा इजरायली बसोवास गर्नेहरूद्वारा हिंसा र आक्रमणहरू हटाउने आवश्यकतालाई जोड दिएको बताएको छ ।

    इजिप्टका शिर्ष कुटनीतिज्ञले गाजामा जारी इजरायली सैन्य कारबाही र प्यालेस्टिनीहरूको मानवीय अवस्था र क्षेत्रीय स्थिरतामा बढ्दो इजरायली आक्रमण र वेस्ट बैंकमा अवैध बसोवास गतिविधिहरूको नतिजाको बिरूद्ध चेतावनी दिएका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend