logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • मलद्धारमा अड्किएको किटनाशक औषधिको बोतल एक महिनामा निकालिएपछि

    मलद्धारमा अड्किएको किटनाशक औषधिको बोतल एक महिनामा निकालिएपछि

    3.8K
    Shares
    मलद्धारमा अड्किएको किटनाशक औषधिको बोतल एक महिनामा निकालिएपछि

    काठमाडौँ । गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय एक पुरुषको मलद्वारमा एक महिनादेखि अड्किएको किटनाशक औषधिको बोतल निकालिएको छ ।

    उनको शल्यक्रिया गरेर निकालिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बोतल अड्किएर ठूलो आन्द्रा अवरुद्ध भएर यसको संक्रमण शरीरमा फैलिएपछि अस्पतालको इमर्जेन्सीमा भर्ना भएका थिए ।

    एक्सरे गर्दा मलद्वारमा बोतल देखिएपछि दूरबिनबाट आन्द्राको अन्य भागमा संक्रमण नफैलिएको पत्ता लागेपछि अस्पतालका सर्जनद्वय डाक्टर जितेन्द्रकुमार सिंह र डाक्टर विश्वराज खड्का, एनेस्थेसियोलोजिष्ट डाक्टर शम्भु अधिकारीलगायतका टीमले करिब ३ घन्टाको शल्यक्रिया गरेर मलद्वारबाट बोतल निकालिएको जनाइएको छ ।

    शल्यक्रियापछि बिरामीको होस आइसकेको र आईसीयू कक्षमा उपचार भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend