logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सशस्त्रका इन्स्पेक्टर चन्दविरुद्ध अख्तियारले चलायो मुद्दा

    सशस्त्रका इन्स्पेक्टर चन्दविरुद्ध अख्तियारले चलायो मुद्दा

    806
    Shares
    सशस्त्रका इन्स्पेक्टर चन्दविरुद्ध अख्तियारले चलायो मुद्दा

    काठमाडौं । सशस्त्र प्रहरी बलका इन्सपेक्टर प्रकाशबहादुर चन्दविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।सशस्त्र प्रहरी बल, ३६ नम्बर गण डोटी दरबन्दी भएका चन्दले नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको देखिएको अख्तियारको भनाइ छ ।

    उनले  भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरी परिचर पदमा नियुक्ति लिई त्यस पश्चातका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेस गरेको खुल्न आएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    उक्त शैक्षिक प्रमाणपत्र पेश गरी परिचर पदमा भर्ना भई माथिल्लो पदका लागि समेत सोही प्रमाणपत्र पेश गरी इन्सपेक्टरसम्म भई सेवा सुविधा लिई भ्रष्टाचार गरकेो दाबी गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

    ‘हाल सशस्त्र प्रहरी निरीक्षक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको  छ’, घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend