logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • लोकतन्त्र स्थापनाको १८ वर्ष पूरा, व्यवस्था फेरिए पनि अवस्था नफेरिएको नागरिकको गुनासो

    लोकतन्त्र स्थापनाको १८ वर्ष पूरा, व्यवस्था फेरिए पनि अवस्था नफेरिएको नागरिकको गुनासो

    598
    Shares
    लोकतन्त्र स्थापनाको १८ वर्ष पूरा, व्यवस्था फेरिए पनि अवस्था नफेरिएको नागरिकको गुनासो

    वैशाख । आज २०६२/०६३ को जनआन्दोलन सफल भएको दिन अर्थात लोकतन्त्र स्थापना भएको दिन । सोही अवसरमा देशभर आज विविध कार्यक्रम गरी ‘लोकतन्त्र दिवस’ मनाइँदैछ ।

    २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए। सोही दिनको सम्झना हरेक वर्ष वैशाख ११ मा लोकतन्त्र दिवस मनाउने गरिएको छ ।

    पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो।

    जनआन्दोलनमा कमाण्डरसमेत रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो।

    नेपालमा १० वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रूपमा लिइन्छ।

    यही आन्दोलनपछि संविधानसभा चुनाव भयो र संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो।

    लोकतन्त्र स्थापनाको १८ वर्ष पूरा हुँदा पनि देश र नागरिकको अवस्था नफेरिएको गुनासो जनस्तरबाट आइरहेका छन् । नागरिकहरुले  देशमा व्यवस्था फेरिए पनि देशको र जनताको अवस्था उही रहेको गुनासो गरिरहेका हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend