logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • कतारी राजा थानीलाई अति विशिष्ट स्तर (क श्रेणी) को सुरक्षा प्रदान गरिने

    कतारी राजा थानीलाई अति विशिष्ट स्तर (क श्रेणी) को सुरक्षा प्रदान गरिने

    1.5K
    Shares
    कतारी राजा थानीलाई अति विशिष्ट स्तर (क श्रेणी) को सुरक्षा प्रदान गरिने

    काठमाडौँ । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीलाई अति विशिष्ट स्तर (क श्रेणी) को सुरक्षा प्रदान गरिने भएको छ । उक्त सुरक्षा नेतृत्व नेपाली सेनाले गर्ने भएको छ ।

    उक्त सुरक्षामा सेनाका स्नाइपरदेखि बम डिस्पोजल टोली तैनाथ रहने भएका छन् । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७७ मा व्यवस्था भए बमोजिम सेनाको नेतृत्वमा सुरक्षा प्रदान गर्न लागिएको बताइएको छ ।

    विशिष्ट व्यक्तिको क्लोज सेक्युरिटीमा सेनाको पार्शववर्ती र अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट टोली खटिने जनाइएको छ । बाहिरी सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग खटिने भएको छ ।

    कतारका राजा अमिर शेखको सडकमा सवारीका बेला सबैभन्दा अग्रभागमा प्रहरी वार्निङ मोटरसाइकल, प्रहरीको अगुवा जीप, १८ जना आउट राइडर्स, विशिष्ट व्यक्ति, विशिष्ट व्यक्तिको पछुवा कार, फेरि आउट राइडर्स र जगेडा कार समेत रहने जनाइएको छ ।

    आपतकालीन अवस्थाका लागि एम्बुलेन्स, प्रहरी जीप, पछुवा कार पनि सवारीका बेला साथमै रहनेछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend