logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • ओरालो लाग्दै सुनको मुल्य, तोलामा २७ सय घट्यो

    ओरालो लाग्दै सुनको मुल्य, तोलामा २७ सय घट्यो

    4.5K
    Shares
    ओरालो लाग्दै सुनको मुल्य, तोलामा २७ सय घट्यो

    काठमाडौँ । सुनको मूल्य आज फेरि घटेको छ। अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको थियो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज मंगलबार थप २७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँमा झरेको हो।

    यस्तै आज तेजाबी सुनको मूल्य पनि आज तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यसैबीच,चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले घट्दै १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend