logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • डाबर नेपालले थप ९ अर्ब ६८ करोड लगानी गर्ने, पिआइए गर्न लगानी बोर्डले बनायो वार्ता समिति

    डाबर नेपालले थप ९ अर्ब ६८ करोड लगानी गर्ने, पिआइए गर्न लगानी बोर्डले बनायो वार्ता समिति

    572
    Shares
    डाबर नेपालले थप ९ अर्ब ६८ करोड लगानी गर्ने, पिआइए गर्न लगानी बोर्डले बनायो वार्ता समिति

    काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिले उत्पादन बढाउन तथा वस्तु विविधिकरण परियोजना निर्माण तथा सञ्चालन गर्न ९ अर्ब ६८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । यसअघि डाबरले उत्पादन बढाउन तथा वस्तु विविधिकरण गर्ने सो रकम लगानी गर्ने योजना सार्वजनिक गरेको थियो ।

    डाबरसँग परियोजना लगानी सम्झौता (पिआइए) को प्रक्रिया सुरु भएको लगानी बोर्डका प्रवत्ता तथा सहसचिव प्रध्युम्नप्रसाद उपाध्यायले बताए । पिआइएका लागि वार्ता समिति गठनका लागि बोर्डले स्वीकृति दिएको उनले जानकारी दिए । पिआइए भएपछि डाबरले औपचारिक रुपमा लगानी थपेर उत्पादन बढाउने प्रक्रिया थाल्नेछ । डाबरले विभिन्न बैंकबाट अल्पकालीन र दीर्घकालीन गरी ६ अर्ब ६० करोड रुपैयाँ ऋण लिन लागेको छ ।

    योसमते गरी डाबरको कूल लगानी १५ अर्ब रुपैयाँ पुगेको उनले जानकारी दिए । यसअघि डाबरले ५ अर्ब रुपैयाँ लगानी गरेको थियो ।

    लगानी थप्ने विषयमा लगानी बोर्ड र डाबरबीच २०८० वैशाखमा परियोजना समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको थियो । २०७८ माघ २५ मा बसेको लगानी बोर्डको ४९ औं बैठकले डाबरको क्षमता अभिवृद्धि र उत्पादन विविधिकरण गर्न लगानी स्वीकृति गरेको थियो।

    डाबर नेपालमा डाबर इन्टरनेसनल लिमिटेडको बहुमत स्वामित्व छ । डाबरले जुसलगायत पेयपदार्थ उत्पादनका लागि थप लगानी गर्न लागेको जानकारी दिएको छ ।

    उद्योगले नेपालमा पेयपदार्थ सौन्दर्य तथा स्वास्थ्यवर्धक सामग्री उत्पादन गर्दै आएको छ । डाबरले डाबर रियल जुस, ग्लुकोज, च्यवनप्रास, हेयर आयल, टुथपेस्ट, हाजमोला महलगायत वस्तु उत्पादन तथा निकासी गर्दै आएको छ ।

    नेपालमा ९७.५ प्रतिशत हिस्सा डाबर इन्टरनेसनल लिमिटेडको र बाँकी साढे २ प्रतिशत स्वामित्व नेपाली साझेदार रुक्मशमशेर राणाको छ । राणाको निधन भइसकेको छ । यसअघि उनी कम्पनीका अध्यक्ष थिए ।

    २०४६ को राजनीति परिवर्तनलगतै स्थापना भएको डाबरले नेपालमा सन् १९९२ देखि दैनिक उपभोग्य स्वास्थ्यवर्धक वस्तुको उत्पादन गरी नेपालमा बिक्री वितरण गर्नुका साथै छिमेकी भारतमासमेत निर्यात गर्दै आएको छ ।

    डाबरको व्यापार १३ अर्ब ६१ करोड

    डाबर नेपालको व्यापार ५ प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा डाबरको व्यापार बढेर १३ अर्ब ६१ करोड ५० लाख रुपैयाँ पुगेको छ । सन् २०२२ मा डाबरको आम्दानी २२ प्रतिशत बढेर १३ अर्ब रुपैयाँ पुगेको थियो ।

    एक वर्षमा उद्योगको आम्दानी साढे ६१ करोड रुपैयाँ बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । २०२१ मा डाबरको आम्दानी १० अर्ब ६९ करोड ५० लाख रुपैयाँ थियो । डाबरको नगद सञ्चिति बढेर १ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १ अर्ब ६० करोड ४० लाख रुपैयाँ थियो ।

    डाबरको व्यवसाय खाद्यान्न क्षेत्रहरूमा केन्द्रित छ । जसले कम्पनीको कूल आम्दानीमा ७० प्रतिशत योगदान गरिरहेको छ । यद्यपि, कम्पनीले व्यक्तिगत हेरचाह, स्वास्थ्य हेरचाह, पाचन जस्ता अन्य फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमजी) उत्पादनहरू पनि छन् । यसको कूल आम्दानीमा मध्यम योगदान रहेको छ ।

    यसबाहेक डाबर नेपालको आम्दानी एकल ग्राहकमा केन्द्रित छ । कम्पनीले मुख्यतया माउ कम्पनी डाबर इन्डिया लिमिटेडलाई जुस र पाचनजन्य उत्पादनहरू निर्यात गर्छ ।

    साढे ८ अर्बको वस्तु भारत निर्यात

    गत वर्ष डाबरले ६० प्रतिशत आम्दानी भारत निर्यातबाट गरेको छ । गत वर्ष डाबरको भारत निर्यात ३ प्रतिशत बढेर ८ अर्ब ४८ करोड ३० लाख रुपैयाँ पुगेको छ । सन् २०२२ मा डाबरले ८ अर्ब २० करोड ५० लाख रुपैयाँ बराबरको उत्पादन भारतमा निर्यात गरेको थियो ।

    कम्पनीले रियल, एक्टिभ र बस्र्ट रेन्जमा करिब ४० भेरियन्टमा रियल ब्रान्ड नामबाट जुस उत्पादन गर्दै आएको छ । घर र पर्सनल केयर खण्डमा वाटिका जस्ता ब्रान्ड समावेश छन् । उत्पादनहरूको लागि बलियो प्रिमियम ब्रान्ड उपस्थिति छ ।

    त्यसैगरी डाबरको हेल्थ केयर सेगमेन्टमा पाचन उत्पादनका लागि बलियो पहिचान भएको हाजमोला जस्ता ब्रान्डहरू समावेश छन् । क्यान्डी र ट्याब्लेट भेरियन्टहरूमा यी ब्रान्डहरू घरेलु नाम हुन र तिनीहरूको कोटीहरूमा रुचाइएको ब्रान्डहरू हुन् ।

    डाबरको नेपाल भर ३ सय वितरक र १ लाख बढी खुद्रा पसलबाट व्यापार गरिरहको छ ।

    गत वर्ष मात्र डाबर इन्डियाले १ खर्ब १५ अर्ब भारु भन्दा बढी आम्दानी गरेको छ । डाबर इन्डियाको बजार पुँजीकरण बढेर ९ खर्ब २२ अर्ब डलर पुगेको छ । सन १८८४ मा एसके बर्मनले डाबर इन्डियाको स्थापना गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend