logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • नेपालमा लगानीमा देखिएका बाधा हटाउन निजी क्षेत्रले पनि प्रयास गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

    नेपालमा लगानीमा देखिएका बाधा हटाउन निजी क्षेत्रले पनि प्रयास गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

    572
    Shares
    नेपालमा लगानीमा देखिएका बाधा हटाउन निजी क्षेत्रले पनि प्रयास गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म देश विकासका लागि सरकारले लिएको उद्देश्य पूरा नहुने भएकाले पनि सरकार र निजी क्षेत्रबीचको सहकार्य बलियो हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाई थियो ।

    मंगलवार काठमाडौंमा आयोजित लगानी बोर्डको बैठकमा बोल्दै उनले निजी क्षेत्रलाई आकर्षित गरेर मात्रै देश विकासका लागि वाह्य लगानी भित्रिने सम्भावना रहेकाले पनि सरकारले निजी क्षेत्रलाई विश्वासका लिनका लागि अध्यादेशमार्फत भएपनि आवश्यक ऐनको व्यवस्था गर्न लागेको बताएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

    उनका अनुसार प्रधानमन्त्री दाहालले बैठकमा नेपालमा लगानीको क्षेत्रमा देखिएको बाधा हटाउन निजी क्षेत्रले प्रयास गर्नुपर्ने बताएका थिए । त्यस अवसरमा उनले निजी क्षेत्रको समस्या भने सरकारले समाधान गरिदिने बताएका थिए ।

    निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै देश विकासका सम्भावनाहरु अझै उजागर हुँदै प्रधानमन्त्री दाहालको भनाई थियो । उनले लगानी सम्मेलनका लागि प्रश्तावित परियोजनाहरु तयार पारेकोमा लगानी बोर्ड सचिवालयलाई धन्यवाद दिनुभएको पनि प्रवक्ता उपाध्यायले बताए ।

    उनले भने‘अन्त्यमा सम्माननीय प्रधानमन्त्रीज्युले निर्देशन पनि दिए । त्यसमा अध्यादेशमार्फत भएपनि ऐन संशोधन गर्न किन खोजियो भन्ने विषयमा उनले के भने भने यो निजी क्षेत्रलाई आकर्षित नगरीकन राष्ट्रको विकास हृुँदैन ।

    विश्व परिवेशमा हेर्दाखेरी जुन देशमा निजी क्षेत्रलाई पर्याप्त लगानीका सम्भावनाहरु उजागर गरेर उनीहरुको बाधाअवरोधहरु फुकाइएको हुन्छ, त्यस्ता देशमा चाहीँ राम्रो विकास भएको देखिएको छ ।

    त्यसकारण नेपालमा पनि लगानीको क्षेत्रमा देखिएका बाधाहरु हटाउनका लागि निजी क्षेत्रले प्रयास गर्नुपर्छ । र त्यो निजी क्षेत्रलाई सपोर्ट गर्ने काम चाहीँ सरकारले गर्नुपर्छ भन्ने सम्माननीय प्रधानमन्त्रीज्युको आशय रहेको थियो । त्यस्तै गुणात्मक सहकार्य हुनुपर्छ । निजी क्षेत्र र सरकारको बीचमा चाहीँ गुणात्मक पब्लिक, प्राईभेट पार्टनरसिस सहकार्य हुनुपर्छ ।

    त्यो भयो भने मात्रै देशका विकासका सम्भावनाहरु अझै उजागर हुँदै जान्छन भन्ने कुरा उनले राखे । र जबसम्म निजी क्षेत्रलाई यो विकासको सम्बन्धमा विश्वासमा लिइँदैन, तबसम्म लगानीका सम्भावनाहरु र देश विकासका जुन उद्देश्यहरु तय गरिएको छ । त्यो उद्देश्य एचिव हृुन सक्दैन भन्ने उनले निर्देशन दिएका छन् ।

    यो परियोजना सोकेसको सम्बन्धमा पनि उनले अहिलेसम्म लगानी बोर्डले परियोजना सोकेशका लागि जुन होमवर्क गरेको छ । त्यसको लागि उनले धन्यवाद पनि दिए । र अब लगानी सम्मेलनको जुन तयारी भएको छ । त्यो सम्बन्धमा अझै तिब्र गतिमा जति गर्न सकिन्छ, त्यो गर्नका लागि पनि निर्देशन दिए ।

    यसरी समग्रमा आजको यो ५८ औं बोर्ड बैठकले यिनै निर्णय गरेका हुन् । बैठकमा केही परियोजनाहरु लगानी सम्मेलनमा थप सकिने धारणा राखेका थिए । सरकारले यही बैशाख १६ र १७ गते काठमाडौंमा लगानी सम्मेलन आयोजना गर्दैछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend